१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार ९ मंगलबार ०३:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

देशमा भइरहेको भ्रष्टाचार देखेर दीपक मनाङेसमेत लज्जित, गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिबाट राजीनामा

Read Time : < 1 मिनेट
२०७७ असार ९ मंगलबार ०३:५९:००

गण्डकी प्रदेशका सांसद दीपक मनाङेले भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसकेको भन्दै सोमबार अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । जताततै मौलाएको भ्रष्टाचार देख्दा आफूलाई लाज लाग्ने गरेको उनको भनाइ छ । 

‘अनुगमनमा जाँदा जताततै भ्रष्टाचारै–भ्रष्टाचार देखिन्छ, आफैँलाई लाज लाग्छ । समितिले तुरुन्त कारबाही गर्न निर्देशन दिँदा पनि कारबाही हुँदैन । अनि यस्तो समितिमा बस्नुको केही अर्थ छैन भनेर राजीनामा दिएको हुँ,’ सांसद मनाङेले भने । 

भ्रष्टाचार गरिरहेको रंगेहात समात्दासमेत कारबाही गर्न नसकिएको मनाङेको गुनासो छ । ‘भ्रष्टाचार देख्ने, तर कारबाही गर्न नसक्ने समितिको कुनै औचित्य छैन,’ उनको भनाइ छ । समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएर सोमबार नै मनाङे काठमाडौंतर्फ लागेका छन् । ‘

यो समितिमा बस्न नचाहेको भए जुन समितिमा बस्न रुचि हो त्यसको जानकारी आफ्नो दलका सचेतक र सभामुखलाई गराएको भए हुन्थ्यो । उहाँले राजीनामा नै दिनुभएको छ, यस्तो परम्परा थिएन,’ सभापति कोइरालाले भने ।