मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई
२०७७ असार ८ सोमबार १३:३२:००
Read Time : < 1 मिनेट
विश्व

विदेशी पर्यटकलाई ७ जुलाईदेखि दुबईले आगमन खुला गर्ने 

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असार ८ सोमबार १३:३२:००

दुबईले जुलाई ७ देखि विदेशी पर्यटकहरूका लागि आगमन खुला गर्ने भएको छ ।

स्थानीय पत्रिका खालिज टाइम्सका अनुसार दुबई जाने हरेक विदेशी पर्यटकले हालै मात्र परीक्षण गरेको कोरोना भाइरस नेगेटिभ रिपोर्ट भने देखाउनुपर्ने बाध्यकारी प्रावधान राखिएको छ । 

दुबई पुगेपछि पनि विमानस्थलमा कोरोना भाइरस परीक्षणको व्यवस्था गरिएको छ । त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको सोमबारको सो पत्रिकामा उल्लेख छ । 

त्यसरी भित्रिएका पर्यटक तथा विदेशी नागरिकहरूले त्यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालना गर्नुपर्ने नियम बनाएको समाचारमा जनाइएको छ ।

दुबईले आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमण गर्न दिने भएको छ ।