१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असार ८ सोमबार ११:४९:००
Read Time : < 1 मिनेट
प्रदेश

काभ्रेका साढे सात सय स्वास्थ्यकर्मीको कोरोना बिमा गर्न रकम सहयाेग

Read Time : < 1 मिनेट
२०७७ असार ८ सोमबार ११:४९:००

काभ्रेका सात सय ४९ जना स्वास्थ्यकर्मीको काेराेना बिमा गर्न लाग्ने रकम एकजना निर्माण व्यवासायीले सहयाेग गरेका छन् ।  

अग्रपंक्तिमा खटिने जिल्लाभरिका सक्रिय स्वास्थ्यकर्मीकाे बिमाबापत लाग्ने चार लाख ४९ हजार चार सय रुपैयाँकाे चेक चौरीदेउराली गाउँपालिका– ५ का रामबहादुर गौतमले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झालाई हस्तान्तरण गरेका हुन् । 

जिल्लाभरि जम्मा सात सय ५५ स्वास्थ्यकर्मी रहेकामा मण्डनदेउपुर नगरपालिकाले ६ जना स्वास्थ्यकर्मीको कोरोना बिमा गरिसकेकाले तीबाहेक अन्यकाे बिमाका लागि उनले सहयाेग गरेका हुन् । 

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई उत्प्रेरणा भर्नका लागि सहयोग गरेको गौतमले बताए । 

स्वास्थ्यकर्मीहरूको योगदानको कदर गर्दै आत्मबल बढाउनका लागि बिमा गरिदिने इच्छा जागेको गौतमको भनाइ छ । 

‘कोरोना भाइरसकाे संक्रमण फैलन नदिन फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूको योगदानको कदर गर्दै जिल्लामा केही गरौँ भन्ने लागेकाले साथीहरूसँग सल्लाह गरेर बिमा गर्न चाहेको हुँ,’ गौतमले भने, ‘मैले जिल्लामा रहेको स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी तथा पत्रकारहरूको पनि बिमा गर्न चाहेकाे थिएँ, तर उहाँहरूको अगाडि नै भइसकेकाे रहेछ ।’ 

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले महामारीको वेला फराकिलो हृदयले सहयोग गरेकोमा गौतमलाई धन्यवाद दिए ।