मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ८ सोमबार ०८:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग

डिसहोमको अंग्रेजी सांगीतिक प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ८ सोमबार ०८:२५:००

डिसहोमले डिजिटल प्लेटफर्ममार्फत ‘द स्ट्रिङ’ नामक राष्ट्रियस्तरको अंग्रेजी सांगीतिक प्रतियोगिता आयोजना गर्ने भएको छ । डिसहोमले अन्तर्राष्ट्रिय संगीत दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगिता ७ असारबाट सुरु भएको छ । तीन राउन्डमा सञ्चालन हुने यस प्रतियोगिताको अडिसन प्रतियोगिता सुरु भएको मितिदेखि एक महिनासम्म हुने कम्पनीले जनाएको छ । सफ्ट अंग्रेजी गीत गाउन सक्ने जोकोहीले प्रतियोगितामा भाग लिन सक्ने जनाइएको छ । प्रतियोगिताको मापदण्डअनुसार ७०, ८० र ९० दशकका सफ्ट अंग्रेजी गीतहरू मात्रै प्रतियोगितामा समावेश गराइनेछ ।

सहभागिताको छनोट डिजिटल्ली र जजद्वारा गरिने कम्पनीले जनाएको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यस कार्यक्रमको सञ्चालन तथा विजेताको घोषणा इन्टरनेट, फेसबुक तथा एसएमएस भोटिङमार्फत गरिने कम्पनीले जनाएको छ । 

प्रतियोगितामा सहभागी भई विजेता हुनेमध्येबाट प्रथम विजेतालाई १ लाख रुपैयाँ, स्मार्ट टिभी, सौराहा, चितवनमा रहेको होटेल रेनफरेस्टमा दुई रात र तीन दिनको प्याकेज पुरस्कार राखिएको कम्पनीले जनाएको छ । 

दोस्रोलाई ५० हजार रुपैयाँ र सौराहा, चितवनको होटेल पार्कल्यान्डमा दुई रात र तीन दिनको प्याकेज तथा तेस्रोलाई २५ हजार रुपैयाँ र धुलिखेलको जंगल रिसोर्टमा प्याकेजको व्यवस्था गरिएको डिसहोमले जनाएको छ । त्यसका साथै विजेताहरूलाई १ वर्षको रिचार्जसहितको डिसहोम जडान गरिने कम्पनीले जनाएको छ ।