मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ७ आइतबार २०:३६:००
Read Time : < 1 मिनेट
समाचार

पासविनै नेपालगन्ज र झापाबाट काठमाडौं आएका चारवटा बस नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७७ असार ७ आइतबार २०:३६:००

विनापास काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने नेपालगन्ज र झापाबाट आएका चारवटा सार्वजनिक बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र तिनका चालकहरूलाई ट्राफिक र जनपथ प्रहरीको संयुक्त चेकिङ टोलीले नागढुंगाबाट आइतबार नियन्त्रणमा लिएको हो । उनीहरू लकडाउनको नयाँ मोडालिटीविपरीत (जोर–बिजोर प्रणाली नमानी र बढी भाडा उठाएर) आएका थिए । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्जबाट आएको बा.४ख ७३६३ र ना.७ख ५३९५ नम्बरको बस, बा.४ख ४५८० नम्बरको हाइस र झापाबाट आएको ना.५ख ५८३४  नम्बरको बसका चालक क्रमशः विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रुद्रबहादुर घर्ती छन् । मौकाको फाइदा उठाई सार्वजनिक बसहरूमा विनापास बढी भाडा लिई काठमाडौं उपत्यका भित्रिँदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा बस नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।