१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार ७ आइतबार १०:११:००
Read Time : > 1 मिनेट
अर्थ

गण्डकी प्रदेश सरकारद्वारा लमजुङका आठ स्थानीय तहमा २० करोड बजेट विनियोजन

Read Time : > 1 मिनेट
२०७७ असार ७ आइतबार १०:११:००

गण्डकी प्रदेश सरकारले लमजुङका आठ स्थानीय तहका लागि २० करोडभन्दा बढी रकम अनुदान छुट्याएकाे छ । प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले प्रदेश संसदमा पेस गरेको बजेटमा लमजुङलाई २० करोड ६९ लाख १७ हजार रुपैयाँ विनियोजन भएको हो । चारवटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाका लागि नौ करोड ८२ लाख ७५ हजार र गाउँपालिकाका लागि १० करोड ८६ लाख ४२ रुपैयाँ विनियोजन भएको छ । 

जिल्लाका आठ स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा धेरै दुई करोड ७१ लाख ९२ हजार रुपैयाँ बजेट पाउने भएको छ । गाउँपालिकाले प्राप्त गर्ने बजेटमध्ये समानीकरण अनुदानतर्फ एक करोड २१ लाख ९२ हजार, विशेष अनुदानतर्फ ५० लाख र समपूरकतर्फ एक करोड रुपैयाँ विनियोजन भएको छ । 

जिल्लाको सदरमुकाममा बेंसीसहर नगरपालिकाले दुई करोड २३ लाख ८९ हजार बजेट पाउने भएको छ । नगरपालिकाले प्राप्त गर्ने बजेटमध्ये समानीकरण अनुदानतर्फ एक करोड २३ लाख ८९ हजार, विशेष अनुदानतर्फ एक करोड विनियोजन गरेको छ । 

जिल्लाको राइनास नगरपालिकाका लागि दुई करोड ६९ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये एक करोड १९ लाख ४३ हजार रुपैयाँ समानीकरण र ५० लाख रुपैयाँ ससर्त अनुदानतर्फ रहेको छ भने विशेष अनुदानतर्फ एक करोड रहेको छ । यसैगरी सुन्दरबजार नगरपालिकाले पाउने दुई करोड ७० लाख ७२ हजारमध्ये एक करोड २० लाख ७२ हजार समानिकरणतर्फ ५० लाख रुपैयाँ विशेष अनुदान रहेको छ । सुन्दरबजारले समपूरकतर्फ पनि एक करोड पाउने भएको छ ।

यसैगरी मध्यनेपाल नगरपालिकालाई विनियोजित दुई करोड १८ लाख ७१ हजारमध्ये समानीकरणतर्फ एक करोड १८ लाख ७१ हजार रहेको छ । नगरपालिकाले विशेष अनुदानमा एक करोड पाउने भएको छ । दोर्दी गाउँपालिकाले दुई करोड ७१ लाख ७७ हजार रुपैयाँ बजेट पाएको छ । जसमध्ये समानीकरणतर्फ एक करोड २१ लाख ७७ हजार, ससर्ततर्फ ५० लाख, विशेषतर्फ ५० लाख र समपूरकतर्फ पनि ५० लाख रुपैयाँ विनियोजन भएको छ । 

क्व्होलासोँथार गाउँपालिकाका लागि दुई करोड ७१ लाख ४७ हजार रुपैयाँ विनियोजन भएको छ । जसमध्ये समानीकरणतर्फ एक करोड २१ लाख ४७ हजार, विशेषतर्फ ५० लाख र समपूरकतर्फ एक करोड रुपैयाँ विनियोजन भएको छ । जिल्लाको दूधपोखरी गाउँपालिकाले दुई करोड ७१ लाख २६ हजार रुपैयाँ बजेट पाएको छ । जसमध्ये समानीकरणतर्फ एक करोड २१ लाख २६ हजार, ससर्ततर्फ ५० लाख र समपूरकतर्फ एक करोड रुपैयाँ पाउने भएको छ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको छ ।