मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ७ आइतबार ०६:००:००
Read Time : > 1 मिनेट
अर्थ

अस्ट्रेलियाको बेबी ब्रान्ड ड्रिमबेबी अब नेपालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ७ आइतबार ०६:००:००

आइएमएस ग्रुपअन्तर्गतको आइएमएस लिटल स्माइल्स कम्पनीले बच्चाहरूको सुरक्षाका निम्ति प्रयोग हुने अन्तर्राष्ट्रिय ब्रान्ड ड्रिमबेबीका उत्पादन नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि एक मात्र आधिकारिक वितरकका रूपमा ड्रिमबेबीका उत्पादन बजारमा ल्याएको हो । 

सयौँ देशहरूमा फैलिएको, ड्रिमबेबीका सामानहरू उपलब्ध रहेकामा अब नेपालमा पनि उपलब्ध गरिने कम्पनीले जनाएको छ । ड्रिमबेबीका सामानहरू विशेष रूपमा बच्चाहरूको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ । ड्रिमबेबीका सामानहरूमा गेट, छेस्किनी, पोटी तालिमका सामान र खुवाउने सामग्रीहरू रहेका छन् । 

ड्रिमबेबीका सामानहरू आइएमएस लिटल स्माइल्सको कमलपोखरीमा रहेको सिटी सेन्टरमा रहेको सोरुममा उपलब्ध हुने जनाइएको छ । साथै, अनलाइन डेलिभरीका लागि अन्लाइन स्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइने जनाइएको छ । ग्राहकलाई इन्ट्रोडक्टरी अफरका रूपमा ड्रिमबेबीका सामानहरूमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । 

आइएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले बालबालिकाको सुरक्षाका बारेमा अभिभावकले गर्ने चिन्तालाई ध्यान दिएर ड्रिमबेबीका सामान नेपालमा उपलब्ध गराएको दाबी गरे । 

यस बेबी ब्रान्डले धेरै अवार्डहरू जितेको कम्पनीको दाबी छ । यसले प्रिफर्ड च्वाइस अवार्ड, अवार्ड फर एक्सिलेन्स, टप च्वाइस अवार्ड, प्रोडक्ट अफ इयर अवार्ड, मम्स चवाइस अवार्ड, मम्स बेस्ट अवार्डलगायतका विभिन्न अवार्ड जितेको जनाइएको छ । यसले पनि उत्पादनको गुणस्तरीयतामा ढुक्क हुन सकिने कम्पनीको दाबी छ । 

अफर

५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गरेमा डाक्टरब्राउनको ९ सय ८० रुपैयाँ मूल्यको ४ वटा पेसिफायरमध्ये शिशुको उमेर र मनपर्ने रङअनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिने जनाइएको छ । डाक्टरब्राउन अमेरिकाको बेबीबोतल ब्रान्ड हो ।

यस ब्रान्डका उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफायर, सिप्पी कप र अन्य धेरै रहेको जनाइएको छ । अफर असार २१ गतेसम्म मात्र मान्यता हुने कम्पनीले जनाएको छ ।