मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डेरो मुर्डक
२०७७ असार ७ आइतबार ०७:३१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

महान् अमेरिका बनाउने जिम्मा ट्रम्पकै हो

Read Time : > 2 मिनेट
डेरो मुर्डक
२०७७ असार ७ आइतबार ०७:३१:००

‘अमेरिकालाई फेरि पनि अझ महान् बनाऔँ’ भन्ने नाराले मात्र अमेरिकालाई एक ढिक्का बनाउनेछ

ल्सामा शनिबार हुने २ मार्चयताकै पहिलो र्‍यालीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ‘अमेरिकालाई फेरि पनि महान् बनाऔँ’ भन्ने नारा घन्काउनुपर्छ । केही महिनापहिले पनि सेन्ट लुइस रेडियो प्रस्तोता एनी फ्रेले यो नारा सुनाउँदा, डोनाल्ड ट्रम्पले ठूलो स्वरमा साथ दिएका थिए । यो नारालाई केवल पंक्तिबद्ध भएर मुखले बोल्नुमै सीमित राख्नु हुन्न, यसलाई त ठुल्ठूला ब्यानर, राष्ट्रपति र प्रत्येक समर्थकले पहिरिने क्यापमा लेखिनुपर्छ । पहिलेको नारा ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ दमदार भए पनि मुलुकको अहिलेको अवस्था हेर्दा असान्दर्भिक लाग्न सक्छ । अमेरिकालाई महान् बनाउन अझ धेरै गर्नु छ । तर, सबैलाई थाहा छ, अमेरिका अहिले घाइते छ । 

मार्चको पछिल्लो स्थितिमा ‘अमेरिकालाई फेरि पनि महान् बनाऔँ’ भन्नु डरलाग्दो हुन सक्थ्यो । यसले एकताको आह्वान गर्ने भन्दा पनि अमेरिका सधैँ  महान् रहिरहेको सत्यलाई नजरअन्दाज गरेजस्तो हुन्थ्यो । बरु यो अभियानले ‘अमेरिकालाई अझै महान् बनाऔँ’ भनेको भए उत्कृष्ट हुन्थ्यो । जे भए पनि हामी सबैले एकै स्वरमा यो संकल्प लिनुपर्छ । राष्ट्रपति ट्रम्पले अमेरिकालाई महान् बनाउने आफ्नो प्रतिज्ञा जारी राखेका छन्, तर सन् २०२४ सम्ममा गरिसक्नुपर्ने धेरै काम छन् । त्यसैले हामीले ट्रम्पलाई फेरि जिताउनुपर्छ र उनलाई यस कर्ममा व्यस्त राख्नुपर्छ । ‘अमेरिकालाई अझ महान् बनाऔँ’ एकदमै प्रेरणामूलक छ र अमेरिकालाई सधैँ महान् राखिराख्न हाम्रो आदर्श राष्ट्रपतिलाई अरू चार वर्ष नेतृत्व दिनुपर्छ । यसैले मात्र अहिलेको पीडाबाट राहत दिन सक्छ । 

सबैलाई थाहा छ, अमेरिका अहिले घाइते छ । अमेरिकालाई सधैँ महान् राखिराख्न हाम्रो आदर्श राष्ट्रपतिलाई अरू चार वर्ष नेतृत्व दिनुपर्छ । यसले मात्र अहिलेको पीडाबाट राहत दिनेछ ।

अमेरिकालाई कोभिड–१९ रुपी आँधीले तहस–नहस पारेको छ । तीन महिना मुलुक बन्दी बन्यो भने ठूलो आर्थिक क्षति व्यहोर्नुपर्छ । यो आँधीकै बीचमा डेरेक चाउभिनबाट जर्ज फ्लोयडको बीभत्स मृत्यु भएसँगै आमप्रदर्शन, हिंसा, लुटपाट, तोडफोड र जातीय दंगारुपी अर्को टोर्नाडोले हामीलाई आक्रान्त पारेको छ । यसले चर्च, स्मारक र राष्ट्रिय विभूतिमाथि तोडफोड निम्त्यायो । यो दुःखान्त हो, तर यसमा छक्क पर्नुपर्ने केही छैन । अहिले मात्र ६३ प्रतिशतले अमेरिकी हुनुमा गर्व गर्छन् । यो भनेको २००१ यताकै न्यून दर हो । त्यसैले शनिबारबाट सुरु हुने ‘ट्रम्प पेन्च २०२०’ मा यी सबैसँग जुध्नुपर्छ । यसका लागि उनले ठूलो स्वरमा भन्नुपर्छ– ‘अमेरिकालाई फेरि पनि अझै महान् बनाऔँ’ । ट्रम्पको खेदो खन्नेले अहिलेको चुनाव पहिलाकोभन्दा विषम बनाइरहेका छन् ।

ओबामाले छाडेको अमेरिका आन्तरिक रूपमा कमजोर, जातीय तनावले ग्रसित र विश्वमै साख गिराएको हालतमा थियो । आइएसआइएसको बिगबिगी थियो, उत्तर कोरिया आणविक बम परीक्षण गरिरहेको थियो र चीनले व्यापारमा छलिरहेको थियो । ट्रम्पको आगमनसँगै धितोपत्र, रोजगारी सिर्जना, व्यापार तथा निर्माण व्यवसायमा सुधार आयो, जसलाई अघिल्लो प्रशासनले क्वारेन्टाइनमै थुनेर राखेको थियो । हो, हामीले अझै धेरै गर्न बाँकी छ । ट्रम्प र रिपब्लिकनले कसरी अमेरिकालाई फेरि पनि अझ महान् बनाउलान् त, निश्चय नै जनवरी २२ मा ‘चिनियाँ–कम्युनिस्ट भाइरस’ (कोराना भइरस) ले हमला गर्नुअघिकै नीति अख्तियार गरेर । कोभिड–१९ संकटअघि अमेरिकाको अर्थतन्त्र ५० वर्षयताकै बलियो बनेको थियो । वासिंटनले वाणिज्यमा करछुट गरेकैले यो सम्भव भएको थियो । रिपब्लिकनले गरेको यो अल्पकालीन करछुटलाई अब दीर्घकालीन बनाउनुपर्छ । यसले अझ राम्रो गर्नेछ । 

ट्याक्स होलिडे घोषणा गरेर फेरि रेस्टुरेन्ट भर्न सकिन्छ । जति कर कम गर्‍यो, त्यति कारोबार बढ्नेछ । बाइडनको पाराले भने देश झन् डुब्नेछ । उनी कर बढाउने, सीमा खुला गर्ने, औषधि–उपचार सित्तैमा उपलब्ध गराउने भन्दै छन् । यसले अर्थतन्त्र साखाप हुनेछ । ‘अमेरिकालाई फेरि पनि अझ महान् बनाऔँ’ भन्ने नाराले मात्र अमेरिकालाई फेरि एक ढिक्का बनाउनेछ । ट्रम्पले अहिले ऐतिहासिक अश्वेत कलेज र विश्वविद्यालयलाई दिगो अनुदान प्याकेज ल्याइरहेका छन् । त्यस्तै निमुखाको सहयोगका लागि आठ हजार सात सय ६० क्षेत्र पहिचान गरिसकिएको छ । यसले सीमान्तकृतलाई ठूलो टेवा पु¥याउँदै अमेरिकामा स्वर्णिम युग ल्याउने छ । निचोडमा। ट्रम्पलाई फेरि जिताए मात्र अमेरिका अझ महान् हुनेछ । 

(मुर्डक फक्स न्युजका लेख कन्ट्रिब्युटर तथा लन्डन सेन्टर फर पोलिसी रिसर्चका वरिष्ठ फेलो हुन्)
फक्स न्युजबाट