१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ६ शनिबार २०:४८:००
Read Time : < 1 मिनेट
समाचार

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार ६ शनिबार २०:४८:००

इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले प्रहरी निरीक्षक रामबालक यादव रायलाई घुस रकमसहित शनिबार पक्राउ गरेको हो । 

राय इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख हुन् । उनलाई भीमफेदी– ६ मा रहेको सगरमाथा होटेलबाट ठेकेदार दुर्गा लामासँग घुस रकम लिँदै गरेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ । 

प्रहरी निरीक्षक रायले घुस रकम लिने गरेको उजुरी कार्यालयमा परेपछि छड्के गर्दा उनी रंगेहात पक्राउ परेको प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाले जानकारी दिए । रायलाई नगद १२ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको डिआइजी लामाले बताए । रंगेहात पक्राउ परेपछि रायलाई निलम्बन गरिएको छ । लामाले भने, ‘उनीमाथि कारबाहीसँगै कानुनी प्रक्रिया अघि बढाइनेछ ।’