१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ६ शनिबार १७:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारत–चीन विवादमा बोल्यो नेपाल, शान्तिपूर्ण संवादमा जोड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ६ शनिबार १७:४४:००

नेपालले भारत र चीनबीच लद्दाखको गलवान भ्यालीमा भएको झडप शान्तिपूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमार्फत नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनको आधारमा संवादबाट समाधान गर्न आग्रह गरेको हो । 

१ जेठमा गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए ।