मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ६ शनिबार १०:४६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

मुगु बन्यो कोरोनाशून्य जिल्ला

Read Time : < 1 मिनेट
२०७७ असार ६ शनिबार १०:४६:००

मुगुकोे पहिलो कोरोना संक्रमित युवाको दोस्रोपटकको परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएको छ । एक मात्र संक्रमित निकाे भएपछि मुगु काेराेनाशून्य जिल्ला बनेकाे चिकित्सकले बताएका छन् । 

गत २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय  युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मुगु जिल्लाकै पहिलाे संक्रमित हुन् ।

त्यसपछि मुगुबाट पठाइएका स्वाबहरूको परीक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ आएको थियो । रातापानी प्राथमिक स्वास्थ्य केन्द्रको आइसाेलेसनमा बस्दै आएका उनको बिहीबार दोस्रोपटक स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकाका अन्य क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

उनका अनुसार बिहीबार मुगु जिल्लाबाट पठाइएका एक सय २६ स्वाबमध्ये ७८  वटाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने ४८ स्वाबको रिपोर्ट आउन बाँकी छ । मुगुको पहिलो कोरोना संक्रमित युवाको पुनः स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै मुगुमा संक्रमितको संख्या शून्य भएकाे उनले बताए । ‘जिल्लालाई हालको लागि कोरोनाशून्य जिल्ला भनेर भन्दा पनि फरक नर्दैन,’ डाक्टर नगरकोटीले भने ।