मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ५ शुक्रबार १६:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

काेराेना मिटर : आज चार सय २६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या आठ हजार नाघ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ५ शुक्रबार १६:२८:००

पछिल्लो २४ घन्टामा देशभर चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसमेत कुल संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको जानकारी दिए । 

त्यसैगरी शुक्रबार दुई सय १६ जना निको भएर डिस्चार्ज भएको गौतमले बताए । हालसम्म नेपालभरि डिस्चार्ज हुनेको संख्या एक हजार चार सय दुई पुगेको छ ।