१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ५ शुक्रबार १५:४४:००
Read Time : < 1 मिनेट
समाचार

बिआरआई उच्चस्तरीय भिडियो सम्मेलन : परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाविरुद्धको सहकार्यमा दिए जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ५ शुक्रबार १५:४४:००

चीनका स्टेट काउन्सिलरकाे अध्यक्षतामा ‘बेल्ट एन्ड रोड इन्टरनेसनल कोअपरेसन, ऐक्यबद्धतासहित कोभिड– १९ को सामना’ शीर्षकमा उच्चस्तरीय भिडियो सम्मेलन भएको छ । 

बिहीबार साँझ भएको उक्त सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भाग लिए ।

सम्मेलनलाई सम्बोधन गर्दै ज्ञवालीले बहुपक्षीय संस्थाहरूबाट आपसी सहयोग तथा सामूहिक प्रयासले कोभिड– १९ सँग जुध्न सकिने बताएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय सहकार्य वृद्धिका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई साधन, स्रोत र प्रविधिले थप सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

बिआरआईले गरेको पहलकदमीको प्रशंसा गर्दै ज्ञवालीले यसले साझेदार देशहरूमा उच्च गुणस्तरीय विकासका लागि भूमिका निर्वाह गरेको पनि उल्लेख गरेका छन् । 

उनले बिआरआईअन्तर्गतको हेल्थ सिल्क रोडसम्बन्धी नयाँ पहलकदमीले कोभिड– १९ महामारीविरुद्ध स्वास्थ्य सामग्री, औषधिको आपूर्ति तथा व्यापारमा सहजीकरण गर्ने, अनुभव र विज्ञता आदानप्रदान गर्न सहजीकरण गर्ने पनि विश्वास व्यक्त गरे । 

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका सहभागीहरूले एकता, ऐक्यबद्धता र आपसी सहकार्यमा जोड दिएका थिए । 

उनीहरूले डब्ल्युएचओको भूमिका थप सुदृढ पार्नुपर्ने पनि बताएका छन् ।

बिहीबार भएको सम्मेलनमा २६ देशका विदेशमन्त्री एवं सरकारी प्रतिनिधि सहभागी थिए । 

सम्मेलन बुधबार उद्घाटन भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्मेलन सफलताका लागि लिखित शुभकामना दिएका थिए ।