मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ५ शुक्रबार १५:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पर्वतमा ८१ जनाको स्बाव संकलन गरी पोखरा पठाइयो, जिल्ला अस्पताल क्षेत्र सिल 

Read Time : < 1 मिनेट
२०७७ असार ५ शुक्रबार १५:१६:००

पर्वतमा कोरोना संक्रमितहरूको उपचारका लागि खटिएका दुईजना डाक्टरसहित पाँच स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि ८१ जनाको थप स्वाब संकलन गरिएको छ । 
राष्ट्रिय प्रयोगशाला टेकुमा भएको स्वाब परीक्षणका क्रममा स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएको हो । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि शुक्रबार पर्वत जिल्ला अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीसहित संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालमा सञ्चालित क्यान्टिनका सञ्चालकहरूको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिए । 

उनका अनुसार बेलुकासम्म रिपोर्ट प्राप्त हुने गरी ८१ जनाको स्वाब संकलन गरी पोखरा विधिविज्ञान प्रयोगशालामा पठाइएको हो । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सीबाहेकका सबै सेवा शुक्रबार बिहानैबाट बन्द गरिएको छ । पर्वत जिल्ला अस्पताल सञ्चालित क्षेत्र सिल गरिएको भण्डारीले जानकारी दिए ।  

त्यस्तै, पर्वत उद्योग वाणिज्य संघले कोरोना भाइरस समुदायमा फैलिन सक्ने त्रासले अत्यावश्यकबाहेकका सबै उद्योग–व्यवसाय बन्द गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ । संघका अध्यक्ष केदारनाथ शर्माले एक विज्ञप्ति प्रकाशित गरी कोरोना भाइरसको संक्रमण समुदायमा समेत आउन सक्ने खतरालाई मध्यनजर गर्दै व्यवसाय बन्द गर्न आग्रह गरेका हुन् । पर्वतमा पाँचजना स्वास्थ्यकर्मीसहित हालसम्म ४३ जना संक्रमित पुगेका छन् भने आठजना निको भएर घर फर्किएका छन् ।