Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असार ५ शुक्रबार १५:०१:००
Read Time : < 1 मिनेट
समाचार

लहानकाे लीलामदन पिसी एन्ड प्रसूतिगृहमा सुत्केरीको मृत्यु  

Read Time : < 1 मिनेट
२०७७ असार ५ शुक्रबार १५:०१:००

सिराहाको लहान नगरपालिका– १ स्थित लीलामदन पिसी एन्ड प्रसूतिगृहमा बिहीबार राति १० दिने सुत्केरी महिलाको मृत्यु भएको छ । सिराहाको भगवानपुर गाउँपालिका– २ गम्हरियाकी करिब २२ वर्षीया मौसम खातुनको मृत्यु भएको हो । 

२७ जेठमा सुत्केरी बेथा लागेपछि लीलामदनमा ल्याएकी मौसमको प्रसूतिगृहले एक लाख ४५ हजार रुपैयाँ लिएर शल्यक्रिया गरी शिशु निकालेको थियो । त्यसको पाँच दिनपछि ३२ जेठमा डिस्चार्ज भएर माइती घर फर्किएकी उनको शल्यक्रिया गरेको घाउको दुईवटा टाँका खुलेर रगत र पानी बग्न थालेपछि २ असारमा पुनः उपचारका लागि ल्याएकाे  बाबु ऐजुव अन्सारीले बताए ।

‘उपचार नहुने भए बाहिर रिफर गरिदिनुस् भन्दा पनि ठीक हुन्छ भन्दै राखे । बिहीबार रातिसम्म राम्रै कुरा गरिरहेकी छोरीको मध्यरातमा मृत्यु भयाे,’ उनले भने । राम्रो उपचार नै नपाई छोरीको मृत्यु भएकाे उनले बताए ।

लीलामदन प्रसूतिगृहका प्रमुख डा. दिलीपकुमारले शल्यक्रिया गरी बच्चा निकालिएकी महिलाको दोस्रोपटक टाँका लगाएको ठाउँमा पुनः शल्यक्रिया गरेको बताए । ‘दोस्रो शल्यक्रियापछि महिलाको अवस्था ठीकै थियो,’ उनले भने, ‘बिहीबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि सम्भवसम्मका सबै प्रयास गऱ्याैँ, तर बचाउन सकिएन ।’ प्रहरीले   मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगेकाे छ ।