मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ५ शुक्रबार ०५:५४:००
Read Time : < 1 मिनेट
अर्थ

भैरहवाका व्यवसायीले  बुझाए राष्ट्र बैंकमा ज्ञापनपत्र

Read Time : < 1 मिनेट
२०७७ असार ५ शुक्रबार ०५:५४:००

भैरहवाका विभिन्न व्यावसायिक संस्थाहरूले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका मुख्य व्यवस्थापक राजन भट्टराईलाई ११ बुँदे मागपत्र बुझाएका छन् । लकडाउनका कारण व्यवसाय सहज नभएपछि कर्जामा सहुलियतको माग गर्दै ज्ञापनपत्र बुझाएको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । 

व्यवसायीहरूले लकडाउन अवधिभर ब्याज रकम छुट गराउनका लागि नीतिगत निर्णय गरिदिन माग गरेका छन् । होटेल, पर्यटन, विद्यालय, यातायात क्षेत्रमा भएको क्षतिको अध्ययन गर्न विज्ञसहितको समिति गठन गरी राहत उपलब्ध गराउन उनीहरूले माग गरेका छन् । त्यस्तै, कोरोना प्रकोप समाप्ति घोषणा भएको ३ महिनासम्मको कर्जा बुझाउने अवधि थप गर्न अनुरोध गरेका छन् ।

मन्त्रिपरिषद्बाट माघ, फागुन र चैतको ब्याज बुझाउँदा १० प्रतिशत छुट दिने घोषणा भए पनि सबै ठाउँमा कार्यान्वयन नभएको व्यवसायीले गुनासो गरेका छन् । अतिप्रभावित व्यवसाय पुनर्जागरण गर्न पहिलेकै धितोमा सरल र सहज तरिकाबाट २० प्रतिशतसम्म थप पुनर्कर्जा नवीकरण गर्न पनि अनुरोध गरेका छन् । त्यस्तै, चेक बाउन्सलाई कडाइ गर्ने नीति अख्तियारी गरी वित्तीय सुशासन कायम गरिदिन माग गरेका छन् ।