१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार ५ शुक्रबार १०:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

पर्वत जिल्ला अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ असार ५ शुक्रबार १०:५४:००

पर्वत अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टिसँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको छ ।

पर्वत अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ । पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको जिल्ला अस्पताल पर्वतका डाक्टर शिशिर देवकोटाले जानकारी दिए । 

जिल्ला अस्पताल पर्वतमा इमर्जेन्सी सेवा भने सञ्चालन रहने विज्ञप्तिमार्फत जानकारी गराइएको छ । स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि जिल्लास्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।