Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ५ शुक्रबार ०७:३२:००
Read Time : < 1 मिनेट
समाचार

बिआरआई उच्चस्तरीय भिडियो सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ५ शुक्रबार ०७:३२:००

चीनका स्टेट काउन्सिलरले बिहीबार साँझ गरेको ‘बेल्ट एन्ड रोड इन्टरनेसनल कर्पोरेसन ऐक्यबद्धतासहित कोभिड–१९ को सामना’ शीर्षकको उच्चस्तरीय भिडियो सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले बहुपक्षीय संस्थाहरूबाट आपसी सहयोग तथा सामूहिक प्रयासले कोभिड–१९ सँग जुध्न सकिने बताएका छन् । 

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय सहकार्य वृद्धिका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई साधन–स्रोत र प्रविधिले थप सुदृढ गर्नुपर्नेमा पनि जोड दिए । बिआरआईको प्रशंसा गर्दै उनले यसले साझेदार देशमा उच्च गुणस्तरीय विकासका लागि भूमिका निर्वाह गरेको उल्लेख गरे । बिआरआईअन्तर्गतको हेल्थ सिल्क रोडसम्बन्धी नयाँ पहलकदमीले कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सामग्री, औषधि आपूर्ति तथा व्यापारमा सहजीकरण गर्ने, अनुभव र विज्ञता आदनप्रदान गर्न सहजीकरण गर्ने ज्ञवालीको मत छ । 

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका सहभागीले एकता, ऐक्यबद्धता र आपसी सहकार्यमा जोड दिएका छन् । उनीहरूले डब्ल्युएचओको भूमिका थप सुदृढ पार्नुपर्ने पनि बताएका छन् । सम्मेलनमा २६ देशका विदेशमन्त्री एवं सरकारी प्रतिनिधि सहभागी थिए । सम्मेलन बुधबार उद्घाटन भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्मेलन सफलताका लागि लिखित शुभकामना दिएका थिए ।

तस्बिर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको फेसबुकबाट