१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ असार ४ बिहीबार १५:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

डडेल्धुरामा एकैदिन  ८३ जना संक्रमित थपिए 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ असार ४ बिहीबार १५:३५:००

डडेल्धुरामा एकैदिन ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार ८३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाको गन्यापधुरा गाउँपालिकाका ४०, परशुराम नगरपालिका २२ जना र अजयमे? गाउँपालिकाका चारजनामा कोरोना पुष्टि भएको हो।

१७ जनाको  भने  स्थानीय तह नखुलेको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार ४० जनामध्ये  वडा नम्बर १ मा एकजना, २ मा २१ जना, वडा नं. ३ मा दुईजना, वडा नं. ४ मा १५ जना, वडा नं.५ मा एकजना रहेका छन्।

उनीहरू सबैको जेठ १९ गतेदेखि २९ गतेसम्म स्वाब संकलन गरिएको थियो। संक्रमित ४० जना नै होम क्वारेन्टाइनमा  रहेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए । क्वारेन्टाइनबाट घर पठाएपछि उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।

अजयमेरू गाउँपालिका वडा नं. २ का तीनजना र १ का एकजना रहेको अजयमेरू स्वास्थ्य शाखाले जनाएको छ। उनीहरूमध्ये तीनजना सहश्रलिङ मावि र एकजना बाल कल्याण माविको क्वारेन्टाइनमै छन् । २२ जना परशुराम नगरपालिकाका भए पनि स्वास्थ्य शाखाले वडा नम्बर कतिका हुन् भन्ने छुट्याउन बाँकी रहेको जनाएको छ। योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक सय २२ पुगेको छ।