मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७५ माघ १५ मंगलबार ०६:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग

दधिराज पुरस्कार  पोखरेल र नेपाललाई

Read Time : < 1 मिनेट
काठमाडौं
२०७५ माघ १५ मंगलबार ०६:३१:००

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले साहित्यकार प्रा.डा. माधवप्रसाद पोखरेललाई ०७५ को भाषा साहित्य पुरस्कार र वरिष्ठ पत्रकार किशोर नेपाललाई पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । 

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा साहित्यको क्षेत्रमा लामो समयदेखि दिइएको योगदानका लागि प्रा.डा. पोखरेललाई ५० हजार राशिको पुरस्कार दिइने निर्णय गरेको हो । पोखरेलका ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनि परिचय, मेरो मान्छे, नागदहको थिति, गार्गीको गाँठो, नेपाली साहित्य कोष, लिम्बू–नेपाली–अंग्रेजी शब्दकोशलगायत दर्जनौँ कृति प्रकाशित छन् । 

पत्रकार नेपालले नागरिक दैनिक, कान्तिपुर साप्ताहिक, नेपाल मासिक, गोरखापत्र दैनिकलगायत राष्ट्रियस्तरका पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् । साहित्यिक विधामा पनि कलम चलाउँदै आएका पत्रकार नेपाललाई दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

उनका नेपालका रंगमण्डल, अर्को प्रस्तर, चिन्ताका क्षणहरू, पाताल, सहरको कथालगायत कृति प्रकाशित छन् । पुरस्कार फागुनमा विशेष समारोहबीच विराटनगरमा प्रदान गरिनेछ ।