मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ४ बिहीबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ

बैंक अफ काठमाण्डूद्वारा बिमा दाबी भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ४ बिहीबार ०६:००:००

बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाताअन्तर्गतको दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको ७ लाख रुपैयाँको बिमा दाबी रकम हस्तान्तरण गरेकोे छ । उक्त शाखाका खाताबाहक अमिर चौधरीको दुर्घटनामा परी निधन भएपछि उनको परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

 बैंकले बिमा सेवाप्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको समन्वयमा बिमा भुक्तानी गरिएको बैंकले जनाएको छ । बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दीपेन्द्र बुढाथोकीले उक्त बिमा दाबी रकम स्व. चौधरीकी श्रीमती मनीषा चौधरीलाई हस्तान्तरण गरेका थिए । 

बैंकले हाल ८९ शाखा कार्यालय, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।