Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असार ४ बिहीबार ०८:३१:००
Read Time : < 1 मिनेट
नयाँCity

लहर अनलाइन कक्षाको

Read Time : < 1 मिनेट
२०७७ असार ४ बिहीबार ०८:३१:००

कोभिड-१९ का कारण विद्यालय पुगेर अध्ययन गर्ने अवस्था नभएपछि सहरका बालबालिका अनलाइन पठनपाठनमा रमाएका छन् । खासगरी, निजी विद्यालयका छात्राछात्रा अनलाइन कक्षामा सहभागी भइरहेका छन् ।

कोभिड-१९ को संकट नआउँदो हो त वैशाखबाट सुरु भएको नयाँ शैक्षिक सत्रमा दुई महिनामा कोर्स निकै अगाडि बढिसकेको हुने थियो । तर, महामारी नियन्त्रणमा नआउँदा शिक्षक-विद्यार्थीका लागि अनलाइन कक्षा बाध्यता बनेको छ । इन्टरनेट, स्मार्टफोन र ल्यापटप उपलब्ध भएका परिवारका बालबालिकाले अनलाइनमार्फत सिकाइलाई निरन्तरता दिएका छन् ।

विद्यालय र विद्यार्थीसँग प्रविधिको सुविधा भएका स्थानमा वैशाख पहिलो सातादेखि नै अनलाइन कक्षा सुरु भएका थिए । कतिपय विद्यालय र विद्यार्थीले पूर्वाधार जुटाएर अनलाइन पठनपाठनलाई अगाडि बढाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीका अनुसार देशभरका ६० प्रतिशत निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । र, औसतमा २५ प्रतिशत विद्यार्थी कक्षामा सहभागी छन् ।

तल्लोभन्दा माथिल्लो तहमा अनलाइन कक्षा प्रभावकारी देखिएको उनको भनाइ छ । अहिले रेडियो र टेलिभिजनबाट समेत शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउने प्रयास भइरहेको छ ।

घरमा खाली बसेका बालबालिकालाई दिउँसो केही समय भए पनि अनलाइन कक्षाले व्यस्त राखेकामा अभिभावक खुसी देखिन्छन् । महामारी नियन्त्रणमा आउन अझै केही समय लाग्ने देखिएकाले कहिलेदेखि विद्यालयहरू नियमित सञ्चालनमा आउँछन् भन्ने यकिन नभएको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । ५ चैतदेखि नै विद्यालयहरू बन्द छन् ।

तस्बिर : दिपेन्द्र ढुंगाना / नयाँ पत्रिका