१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार ३ बुधबार २०:१७:००
Read Time : < 1 मिनेट
समाचार

लमजुङ कारागारका चौकीदार फरार

Read Time : < 1 मिनेट
२०७७ असार ३ बुधबार २०:१७:००

लमजुङ कारागारका चौकीदार फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा २२ पुस ०६९ देखि कैदीको रूपमा रहेका राइनास नगरपालिका– १० कोके गाउँका २७ वर्षीय दिनेश परियार बुधबार दिउँसोदेखि फरार भएका हुन् ।

उनी १९ जेठ ०७६ देखि कारागारमा नाइकेका रूपमा कैद भुक्तान गर्दै आएका थिए । उनले २२ पुस ०७९ सम्म कैद भुक्तान गर्नुपर्ने जिल्ला कारागार लमजुङका प्रमुख विष्णुप्रसाद पौडेलले बताए ।

फरार परियारको खोजी गर्न जिल्लाका सबै नाका सिल गरिएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । कारागारमा हाल ६६ पुरुष र सात महिला गरी ७३ जना कैदीबन्दी रहेका छन् ।