Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार ३ बुधबार १५:३०:००
Read Time : < 1 मिनेट
समाचार

सुदूरपश्चिम प्रदेश सरकार : सांसद र मन्त्रीको तलबभत्ता बढेको भन्दै विरोध

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार ३ बुधबार १५:३०:००

कोरोना महामारीकै समयमा सुदूरपश्चिम प्रदेश सरकारले सांसददेखि मुख्यमन्त्रीसम्म तलबभत्ता वृद्धि गरेपछि त्यसको विरोध सुरु भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ देखि प्रदेश सभा सदस्य, प्रमुख प्रतिपक्षीय दलका नेता, संसदीय दलका नेता, मुख्यमन्त्रीसम्मकाे तलबभत्ता वृद्धि गरेपछि कञ्चनपुरका युवा आन्दोलित भएका हुन् । 

कोरोना महामारीबाट जनता आक्रान्त  भइरहेका वेला प्रदेश सरकारले पिसिआर मेसिन खरिद गरेर जनताको स्वास्थ्यमा गम्भीर हुनुभन्दा आफ्नै सेवा सुविधा बढाउन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रेको स्वतन्त्र युवाहरूले बताएका छन् । प्रदेश सरकारलाई जनताको चिन्ताभन्दा पनि आफ्नो चिन्ता बढी भएकाले प्रदेश सरकारले कोरोना रोकथामका लागि कुनै पनि भूमिका नदेखिएकाले खारेजीको मागसमेत गरेका छन् । 

आन्दोलनमा होमिएका स्वतन्त्र युवा धीरज जोशीले बाध्य भएर सडकमा युवा उत्रिएको बताए । ‘कोरोना कहरले सुदूरपश्चिमसहित सिंगाे देश आक्रान्त छ,’ उनले भने, ‘यतिवेला प्रदेश सरकार कोरोना रोकथाम एवं नियन्त्रणका लागि प्रयासभन्दा पनि आफ्नै सुविधा बढाउन लिप्त छ ।’ प्रदेश सरकारलाई जनताको स्वास्थ्यको चिन्ताभन्दा पनि आफ्नो सुविधाको बढी चिन्ता भएकाले महामारीका वेला यस्ता जनविराेधी काम नगर्न आग्रहसमेत गरेका छन् ।

 जनताको चिन्ताभन्दा आफ्नो व्यक्तिगत लाभ लिन लागेको भन्दै उनीहरूले वृद्धि गरेको तलबभत्ता तुरुन्त फिर्ता लिएर पिसिआर मेसिन जडान गरिदिन माग अघि सारेका छन् । उनीले प्रदेश सरकारले वृद्धि गरेको सेवा सुविधा फिर्ता नलिए सशक्त आन्दोलनको चेतावनी दिए । 

जोशीले कोरोना रोकथाका लागि निर्माण भएको क्वारेन्टाइन असुरक्षित बन्दै गएकाेमा केन्द्र र स्थानीय सरकार चिन्तित नभएको बताए । कोरोनाका नाममा रकम कुम्ल्याउनेबाहेक केही नगरेको भन्दै उनले क्वारेन्टाइन बलात्कार केन्द्र र कोराेना संक्रमणको कारखाना बनिरहेको टिप्पणी गरे ।