१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असार ३ बुधबार १५:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

बर्दियामा ३१ जना कोरोना संक्रमित थपिए, आरडिटी गरी घर पठाएका २२ जनामा संक्रमण

Read Time : < 1 मिनेट
२०७७ असार ३ बुधबार १५:०७:००

बर्दिया जिल्लामा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा भएको पिसिआर परीक्षणका क्रममा उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । 

कोरोना संक्रमण पुष्टि भएकामध्ये बढैयाताल गाउँपालिकाका मात्र २६ जना छन् । बढैयाताल गाउँपालिकाका २२ जनालाई आरडिटी चेक गर्दा नेगेटिभ देखिएपछि केही दिनअघि घर पठाइएको थियो । उनीहरूसँग एउटै क्वारेन्टाइनमा बसेकाहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर चेक गर्दा पोजेटिभ देखिएको छ । 

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले आरडिटी चेक गर्दा नेगेटिभ आएपछि  घर पठाए पनि कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर चेक गर्दा २२ जनालाई कोरोना संक्रमण देखिएको बताए ।

 सुरुमा केही व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर चेक गर्ने भनि एतापनि वडाध्यक्ष र स्थानीयको मागबमोजिम सबैलाई पिसिआर चेक गरिएको उनले बताए । एउटै शौचालय र धाराको प्रयोग गरेको कारणले कोरोना संक्रमण भएको हुन सक्ने स्थानीयले बताएका छन् ।  बर्दिया जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ४१ पुगेको छ भने १३ जना निको भएका छन् ।