१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३ बुधबार ११:२४:००
Read Time : > 1 मिनेट
अर्थ

सेयर बजार बन्द गर्नुको कारणबारे छलफलका लागि सर्वाेच्चले सरकारी निकायलाई बाेलायाे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३ बुधबार ११:२४:००

सेयर बजार बन्द गर्नुको कारण खुलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । साथै यसबारे छलफलका लागि सर्वोच्चले प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद्, अर्थ मन्त्रालय, धितोपत्र र नेप्सेलाई बोलाएको छ । 

सेयर बजार खोल्न माग गर्दै दायर भएको रिटको सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको थियाे ।

सेयर बजार बन्द हुँदा लगानीकर्तालाई मार्का परेको भन्दै अधिवक्ताद्वय हरिप्रसाद दाहाल र रूपेश पोखरेलले दर्ता गराएको रिटको पहिलो सुनुवाइमै सर्वोच्च अदालतले कारण देखाउन आदेश दिएको हो ।

सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू द्रोण दाहाल, रूपेश पोखरेल र हरिप्रसाद दाहाललगायतले बहस गरेका थिए । त्यसपछि सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । 

कोभिड–१९ को संक्रमण फैलिनबाट रोक्न ९ चैतदेखि बन्द रहेको बजार बीचमा दुई दिन कारोबारका लागि खुला गरिएको थियो । तर, लगत्तै १ जेठबाट बजार बन्द छ । 

अनलाइनबाट कारोबार गर्न माग
सेयर बजारलाई अनलाइनमार्फत कारोबारको विशेष व्यवस्था गर्नसमेत माग गरिएको छ ।

सेयर बजारको कारोबार अनलाइनमार्फत गराउँदा अहिलेको कोभिड–१९ को महामारी र भविष्यमा आइपर्ने असहज परिस्थितिमा पनि कारोबार गर्न सहज हुने रिटमा उल्लेख गरिएको छ ।  

धितोपत्रसम्बन्धी ऐन २०६३ मा बजारसँग परामर्श गरी बढीमा पाँच दिनका लागि मात्र बजार बन्द गर्न सकिने व्यवस्था छ । तर, तीन महिनासम्म बन्द गरिएपछि लगानीकर्ता अक्रोशित बनेका छन् । 

रिटमा सेयर बजार बन्द हुँदा नागरिकले आफ्नो सम्पत्ति किनबेच गर्न पाउने हकअधिकार हनन भएको, आफ्नो सेयरको मूल्यांकन थाहा नहुँदा मौलिक हक कुण्ठित भएको जिकिर गरिएको छ ।