Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्विर
रासस पर्वत
२०७७ असार ३ बुधबार १०:३१:००
Read Time : < 1 मिनेट
समाचार

पहिरोमा पुरिएर बेपत्ता भएका बालकको शव पाँच दिनपछि भेटियो  

मृत्यु हुनेको संख्या नाै पुग्याे

Read Time : < 1 मिनेट
रासस पर्वत
२०७७ असार ३ बुधबार १०:३१:००

पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङको काहुलेमा गत शनिबार गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।     

गत शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मंगलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले शव फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका दुईजनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बाग्लुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।   

दुर्लुङमा शनिबार राति दुई घन्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दिर्पा, नातिनी ११ वर्षीया विविशा, नातिहरू १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । 

यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ ।  यसैबीच बालकको खोजीका लागि आज बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाइमा शव खोजी गर्दा घरभन्दा तल चौतारीनजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए ।