मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ३ बुधबार १०:३१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

पाटन दरबारमा अनौठो दृश्य : हातमा पुस्तक, तर सरकारको विरोध (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार ३ बुधबार १०:३१:००

स्यानिटाइज द गभर्मेन्ट भन्दै युवाहरूले पुस्तक पढ्दै सरकारको विरोध सुरु गरेका छन् । कोरोना संकटको समयमा सरकार कमाउ धन्दामा लागेको भन्दै सरकारलाई खबरदारी गर्न युवाहरूले हातमा पुस्तक समाउँदै मौन बसेर विरोध सुरु गरेका हुन् । युवाहरूको समूहले ३२ जेठबाट हरेक साँझ पाटन दरबार परिसरमा भेला भएर पुस्तक पढ्दै सरकारको विरोध गरिरहेका छन् ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न भिडभाड नगरिकनै विरोध गरिएको युवाहरुले बताएका छन् । हातमा पुस्तक समाउँदै शारिरिक दुरी कायम गर्दै युवाहरु पाटन दरबार परिसरका मन्दिर किनारमा बसेर युवाहरु सरकारलाई खबरदारी गरिरहेका छन् । कोरोना संक्रमणको जोखिम पनि नहुने र शान्तिपूर्ण विरोध गर्ने उदेश्यले आफूहरुले विरोधको नयाँ शैली रोजेको युवाहरुले बताए ।