मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३ बुधबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ

टिभिएसको अनलाइन बिक्री सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३ बुधबार ०६:१०:००

जगदम्बा मोटर्सले आफ्ना सबै बाइकहरू तथा स्कुटरहरूको अनलाइनमार्फत बिक्री सुरु गरेको छ । अनलाइन बिक्री सेवा सुचारु गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले अहिलेको अवस्थामा स्वास्थ्यका दृष्टिकोणले दुईपांग्रे सवारीसाधन अत्यन्त सुरक्षित भएकाले ग्राहकलाई अनलाइनमार्फत नै बिक्री गर्ने लक्ष्य लिएको बताए । 

ग्राहकले अनलाइनबाट सवारीसाधनका विशेषताका बारेमा जानकारी पाउनुका साथै सम्भव भएसम्मको यथार्थ विवरण प्रत्यक्ष दिइने जनाइएको छ । यस प्रणालीले ग्राहकलाई समग्र खरिद प्रक्रियाका बारेमा जानकारी गराउनेछ । अर्डर गरिएका सवारीसाधन ग्राहकको घरमै कर्मचारी स्वयंले पु-याइदिने कम्पनीले जनाएको छ ।  

निकट भविष्यमा सोरुम र अन्य सर्भिस केन्द्रहरू भौतिक दूरी कायम गरी सञ्चालन गर्ने योजनामा रहेको कम्पनीले जनाएको छ । विश्वका ६२ देशमा उपलब्ध टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरू नेपालमा भारत तथा इन्डोनेसियामा निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

‘यात्राको सुरक्षित सहयात्री’ योजना

टिभिएस मोटर कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस बाइक तथा स्कूटरहरूको नयाँ बिक्री योजना ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ सुरु गरेको छ ।

यस योजना अन्तर्गत टिभिएस मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकहरूले जिरो प्रतिशत व्याजदर वा जिरो प्रतिशत डाउनपेमेन्ट वा स्कुटरमा १० हजार रुपैयाँ   र मोटरसाइकलमा १२ हजार रुपैयाँ नगद छुट वा अहिले किन्नुहोस र पछि सरल मासिक भुक्तानी गर्नुहोस् भन्ने विभिन्न छनौट ल्याएको छ । ग्राहकल यी  चार योजना मध्ए कुनै एक छनौट गर्न सक्ने जनाइएको छ ।