मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ असार ३ बुधबार ०६:०२:००
Read Time : < 1 मिनेट
अर्थ

एनसेलका डेटा र भ्वाइस प्याक डिजिटल वालेटबाट पनि किन्न पाइने

Read Time : < 1 मिनेट
२०७७ असार ३ बुधबार ०६:०२:००

डिजिटल वालेट र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट एनसेलका डेटा र भ्वाइस प्याकहरू लिन सकिने भएको छ । एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेर यस्तो सुविधा थपेको हो । यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्ने कम्पनीले जनाएको छ । 

एनसेलले देशको डिजिटल इकोसिस्टमको विकासमा योगदानमा पु-याउने आफ्नो प्रतिबद्धताबमोजिम सेवाहरू किन्ने प्रक्रियालाई अझै सहज बनाएको दाबी गरेको छ । सुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएका बैंक खाताबाट ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्ने जनाइएको छ । 

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले डिजिटलाइजेसन प्रक्रियाअन्तर्गत खुद्रा विक्रेतालाई ग्राहकमाझ सीधै सेवा प्रदान गर्नु ठूलो सुविधा भएको बताए । ग्राहकले पहिला मोबाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफैँ प्याकहरू सुचारु गर्ने प्रक्रियामा जानुपर्ने थियो । अब आफ्नो आवश्यकताअनुसार प्याकहरू सीधै खुद्रा विक्रेतामार्फत किन्न सक्ने जनाइएको छ । 

ग्राहकले एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पेमार्फत करसहित ९९ रुपैयाँमा २१ सय एमबी डेटा किन्न सक्छन् । यो डेटा प्रत्येक दिन ३ सय एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्ने जनाइएको छ ।

त्यस्तै, करसहित ४ सय ९९ रुपैयाँमा १५ हजार एमबी लिन सक्ने र दैनिक ५ सय एमबी डेटा ३० दिनसम्म प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले करसहित ९ सय ९९ रुपैयाँमा ३६ हजार एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक १२ सय एमबी ३० दिन पाउँछन् । प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम नकाटिने कम्पनीले जनाएको छ ।