मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ १४ सोमबार १८:०२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

बम दिदीबहिनी भन्छन् ‘अधिकारकर्मी र सञ्चारमाध्यमले हाम्राे चरित्र हत्या गरे’ (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १४ सोमबार १८:०२:००

निर्मला हत्याकाण्डमा मुछिएका बबिता बम र रोशनी बमले केही मानवअधिकारकर्मी र संचारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको उल्लेख गर्दै आपत्ति जनाएका छन ।

सोमबार काठमाडौंमा दिदीबहिनीले पत्रकार सम्मेलन गरी आफूहरुको चरित्र हत्या गर्ने गरी प्रतिवेदन जारी गरेको भन्दै केही मानव अधिकारकर्मीप्रति आपत्ति जनाएका हुन् । आफूहरुसँग र छिमेकसँग घटनाबारे कुनै पनि जानकारी नलिई आफूलाई डान्स बारमा काम गर्ने केटीको रुपमा चित्रण गरी चरित्र हत्या गर्ने काम केही मानव अधिकारवादीहरुले गरेकाले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन गर्नु परेको दिदी बबिता बमले बताइन् ।