मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २ मंगलबार ११:४५:००
Read Time : < 1 मिनेट
समाचार

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार २ मंगलबार ११:४५:००

जुम्लाको पातारासी गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

सोमबार राति भे.१त ७३३२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही गाउँपालिका– ४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो ।

जुम्ला सदरमुकाम खलंगादेखि पातारासीको लासी बजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्रयाक्टर उथुचौतारानजिकैको कोटा भिरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रयाक्टरमा चढेका अरू दुईजना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । ट्रयाक्टर सडकबाट झन्डै ५० मिटर तल खसेको छ । 

घाइते हुनेमा पातारासी गाउँपालिकाका ३६ वर्षीय  वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन् । 

उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइराखेको छ । 

ट्रयाक्टरचालक यज्ञराज बोहरा प्रहरी नियन्त्रणमा छन् ।