मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २ मंगलबार १०:२८:००
Read Time : > 1 मिनेट
समाचार

मनसुन सक्रिय : तीन दिनसम्म वर्षाको सम्भावना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २ मंगलबार १०:२८:००

मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । 

उनका अनुसार उक्त प्रणालीको प्रभाव आज देशको पूर्वी तथा मध्य भूभागसम्म पर्नेछ ।

भोलिबाट पश्चिमी भूभागमा पनि यसको असर रहने बताइएको छ । हाल प्रदेश ५ का केही भूभाग गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाबाट ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

बिहीबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ३.७ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै पोखरामा ६३.८, दिपालयमा २३.६, वीरेन्द्रनगरमा ११.७, नेपालगन्जमा ८.३ र धनकुटामा ४.९ मिलिमिटर वर्षा भएको छ ।