१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार २ मंगलबार १०:१६:००
Read Time : < 1 मिनेट
समाचार

बालविवाह गरेकाे आरोपमा २२ वर्षीय युवक प्रहरी हिरासतमा

Read Time : < 1 मिनेट
२०७७ असार २ मंगलबार १०:१६:००

ओखलढुंगामा बालविवाह गरेको आरोपमा २२ वर्षीय युवक प्रहरी हिरासतमा पुगेका छन् । विवाहका लागि उमेर नपुगेकी  किशाेरीसँग विवाह गरेको आरोपमा जिल्लाको मोलुङ गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । 

जेठ २५ गते परिवारको समेत सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया किशाेरीको विवाह गराएको उजुरी परेपछि बेहुलासहित तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेहुला, बेहुलाका बाबु र बेहुली पक्षबाट बालिकाका बुबा रहेका छन् । 

मोलुङ गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

शेर्पा परिवारका उनीहरूले यसअघि प्रेम गरेर भागीविवाह गरेका थिए । केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएको थियो । सामाजिक विवाह गराएपछि प्रहरीमा उजुरी परेको हो । पक्राउ परेका उनीहरूलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।