मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १ सोमबार ११:४६:००
Read Time : < 1 मिनेट
अर्थ

दोर्दी खोलामा निर्माणाधीन दोर्दी– १ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

Read Time : < 1 मिनेट
२०७७ असार १ सोमबार ११:४६:००

लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी– १ जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । 
दुई हजार पाँच सय १५ मिटर लामो रहेको सुरुङ ब्रेक थ्रु भएको आयोजनाले जनाएको छ । 

आयोजनाको इन्टेकतर्फ एक हजार चार सय र बाँकी आउटवेबाट काम भएको आयोजनाका प्रमुख उज्ज्वल सिलवालले बताए । उनका अनुसार आयोजनाको सुरुङको काम सकिएसँगै पेनस्टक पाइप राख्ने काम भइरहेको छ । 

सात सय मिटर पेनस्टक पाइप रहने आयोजनामा तीन सय मिटर पाइप राखिसकेको र चार सय मिटर पाइप राख्न बाँकी रहेको प्रमुख सिलवालले बताए । 

बाँध क्षेत्रमा संरचना निर्माणको काम हालसम्म ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । 

त्यस्तै आयोजनाको विद्युतगृहको काम ६० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

२०७६ चैत महिनामा सक्ने भनिएको आयोजना दोर्दी खोलामा आएको बाढी र लकडाउनका कारण २०७७ साउनभित्र सक्ने लक्ष्य राखिएको आयोजनाको भनाइ छ । 

आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि आवश्यक पर्ने तीन किलोमिटर प्रसारण लाइनको निर्माणको कम पनि अघि बढाएको आयोजनाले जनाएको छ । 

०७४ सालबाट सुरु भएको आयोजना सम्पन्न गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

दोर्दी गाउँपालिकाको साबिकको ढोडेनीमा निर्माणाधीन जलविद्युत् आयोजनाको समग्रतामा ७५ प्रतिशत निर्माण सकिएको आयोजनाका प्रमुख सिलवालले जानकारी दिए ।