१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फोटो
रासस झापा
२०७७ जेठ ३२ आइतबार २०:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने– एमसिसी पास भए अमेरिकी सेना आउँछ भन्नु निराधार

Read Time : < 1 मिनेट
रासस झापा
२०७७ जेठ ३२ आइतबार २०:३९:००

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् । 

‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो,’ कांग्रेस झापाले आज (आइतबार) आयोजना गरेको कार्यक्रममा प्रवक्ता शर्माले भने । 

सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाइ छ । 

‘अक्षरशः पढ्नुस्, अनि एमसिसी सम्झौता कार्यान्वयनबारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्,’ उनले भने, ‘सुनेको भरमा धारणा बनाउनुहुँदैन ।’ 

मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने दाबी शर्माले गरे ।