Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ३२ आइतबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार

इनरुवाको हनुमान वस्त्रालयमा आगलागी, सात करोडभन्दा बढीको क्षति 

Read Time : < 1 मिनेट
२०७७ जेठ ३२ आइतबार १७:४२:००

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा रहेको हनुमान वस्त्रालयमा आइतबार बिहान आलगागी हुँदा पूरै घर जलेर ध्वस्त भएको छ । आगलागीका कारण हनुमान वस्त्रालयको चारतले भवनको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ ।

सोही भवनमा टाँसिएर रहेको छत्रबहादुर थापाको घरको माथिल्लो तल्लामा रहेको सिर्जना फाइनान्स लिमिटेड, तल्लो तल्लामा रहेको रेडिमेट कपडा पसल र सन्तोषी हार्डवेयरको पसल तथा गोदाममा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए ।  

आगलागी बिहान ५ बजे सुरु भएको थियो । आगलागी भएको करिब एक घन्टापछि मात्र इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका दमकल आएकाले सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन् । दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, राजविराज नगरपालिका, कन्चनरूप नगरपालिका, विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिकासहितका नाैवटा बारुण यन्त्रले ६ घन्टा लगाएर आगो नियन्त्रणमा लिएको स्थानीय शुकदेव चौधरीले जानकारी दिए । 

आगलागी भएको स्थानबाट इनरुवा नगरपालिकाको कार्यालय एक किलोमिटर मात्रै दूरीमा छ । इनरुवा नगरपालिकाको बारुणयन्त्र बिग्रिएर थन्किएकाले बाहिरबाट बारुणयन्त्र मगाउनुपरेको स्थानीयले गुनासो गरे ।  विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट हनुमान वस्त्रालय, सिर्जना फाइनान्स, रेडिमेट पसल, हार्डवेयर पसल तथा टेलर्स गरी करिब सात करोडबराबरको क्षति भएको पीडित प्रितम अटलले जानकारी दिए । यद्यपि, क्षतिबारे मूल्यांकन भइरहेको प्रहरीले जनाएको छ ।