१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ ३२ आइतबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार

भोलिबाट काठमाडौंका सपिङ मल खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ ३२ आइतबार १४:२९:००

व्यवसायीहरूले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरू खोल्ने भएका छन् । सरकारले सपिङ मलहरू अहिले नै नखुलाउने निर्णय गरेको छ, तर व्यवसायीहरूले भने लामो समय बन्द हुँदा समस्या बढ्दै गएको भन्दै खुला गर्ने निर्णय गरेका छन् । आर बी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, सिभिल मल, वर्ल्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीहरूले गरेका हुन् ।

लकडाउन लम्बिँदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरूले मलहरू सञ्चालन गर्न लागेका हुन् ।

व्यवसायीहरूले काममा फर्कनुपर्ने कुनै रहन नभई बाँच्नका लागि बाध्यता भएको बताएका छन् । उनीहरूले सरकारले अन्य पसलहरू सञ्चालन गर्न दिने, तर सपिङ मलहरू सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड– १९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरू खोल्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।