Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ३२ आइतबार १४:००:००
Read Time : > 1 मिनेट
अर्थ

कोरोनाको असर पुष्प व्यवसायमा, तीन लाखभन्दा बढीको फूल नष्ट

Read Time : > 1 मिनेट
२०७७ जेठ ३२ आइतबार १४:००:००

अन्य व्यवसायमा जस्तै पुष्प व्यवसायमा पनि कोभिड– १९ को असर परेको छ । भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै पुष्प व्यवसाय ठप्प भई फूल बिक्री हुन छाडेको छ । यसले लाखौँको फूल त्यसै फ्याँक्नुपर्दा व्यवसायी मारमा परेका हुन् । लमजुङको बेसीसहर नगरपालिका– २ बोहोराबेसीमा रहेको जिल्लाको एक मात्र रोज नर्सरीकी सञ्चालक हुमा गुरुङले लकडाउनमा साढे तीन लाखभन्दा बढीको सिजनका फूल फाल्नुपरेको बताइन् ।

६ वर्षअघि ५० लाख लगानीमा सुरु गरेको व्यवसाय लकडाउनका कारण संकटमा परेको उनको भनाइ छ । ‘वर्षभरको सबैभन्दा धेरै कमाइ हुने समयमै फूल फ्याँक्नुपर्दा समस्या भयो, अहिलेसम्म तीन लाख ४० हजार रुपैयाँबराबरको फूल फ्याँकिसकेकी छु,’ उनले भनिन्, ‘गत वर्ष यो सिजनमा चार लाखको कारोबार गरेकी थिएँ ।’ फूलको कारोबार रोकिएसँगै बैंकको कर्जा र कर्मचारीलाई तलब दिन समस्या भएको उनले सुनाइन्।

६ रोपनी जमिनमा ५० लाख लगानीमा पुष्प व्यवसाय सुरु गरेकी उनले विभिन्न जातका फूल  र विभिन्न जातका बिरुवा रोपेकी छिन् । सिजनमा होलसेलमा बिक्री हुने फूल अहिले त्यसै फ्याँक्नुपर्दा व्यवसाय चलाउन समस्या भएको उनको भनाइ छ । ‘बैंकबाट व्यावसायिक कर्जा लिई फूलको व्यवसाय सुरु गरेँ,’ हुमा भन्छिन्, ‘महिनाको साँवा र ब्याजसहित ६० हजार बुझाउनुपर्छ ।’ सरकारले कसैलाई पक्षपात नगरी पुष्प व्यवसायीका लागि पनि राहत प्याकेज उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘सिजनका फूलहरू पिटुनिया, पेन्जी, भर्जिना, डाइन्थल्स र कार्नेसनका गरी ६ हजारभन्दा बढी बिरुवा प्याँक्नुपरेको छ ।’ 

यसअघि मासिक दुई लाख कमाउने हुमाले लकडाउनका कारण कारोबार ठप्प भएको बताइन् । नर्सरीमा बहुवर्षे जिरानियम, जर्बेरा, पिटुनिया, डायन्थल्स, बेगनवेलिया, गुलाब, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रीलागयतका फूलका बिरुवा उत्पादन भइरहेको छ । यस्तै हाइब्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोकाडो, सुन्तला, मुन्तला छन् भने एजोलिया, कार्नेसन, मिमोलसजस्ता सदाबहार फूलका बिरुवा नर्सरीमा छन् ।