मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३२ आइतबार १२:४४:००
Read Time : < 1 मिनेट
समाचार

 विद्यालय नखुलुन्जेलसम्म कुनै शुल्क नलिन सरकारसँग नेविसंघको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३२ आइतबार १२:४४:००

नेपाल विद्यार्थी संघले विद्यालय नखुलुन्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र क्याम्पसहरूले शैक्षिक संस्था नखुलुन्जेलको अवधिमा शुल्क लिने कार्य बन्द गर्न माग गरेको हो ।

सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोनजस्ता माध्यमबट आगामी शैक्षिक सत्रको पठनपाठान सुरु गर्न र इन्टरनेटलगायतका सबै प्रविधिको निःशुल्क व्यवस्था गर्न नेविसंघले माग गरेको हो । 

नेविसंघले पुस्तक आयातमा लगाइएको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तक होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ । यस्तै सरकारी विद्यालयहरूमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा निजी विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ । 

कोरोना भाइरसबाट प्रभावित विद्यार्थीलाई परेको मनोसामाजिक समस्या निवारण गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए ।  

नेविसंघले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्यांकनका आधारमा गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएका कतिपय मागहरू कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने बताए ।