मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका धरान
२०७७ जेठ ३२ आइतबार १०:२०:००
Read Time : < 1 मिनेट
समाचार

इनरुवाको हनुमान वस्त्रालय र सिर्जना फाइनान्समा आगलागी, सात करोडको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धरान
२०७७ जेठ ३२ आइतबार १०:२०:००

सुनसरीको इनरुवामा आगलागी भएको छ । इनरुवा बजारमा रहेको हनुमान वस्त्रालय र सिर्जना फाइनान्समा भएको घरमा आगलागी भएको हो ।  बिहान ५ बजेबाट सुरु भएको आगलागी अझैसम्म नियन्त्रणमा आएको छैन ।  

यद्यपि अन्य घरहरूमा भने फैलनबाट रोकिएको जिल्ला प्रहरी कार्यालय इनरुवाका एसपी कमल थापाले जानकारी दिए । ‘अन्य घरमा आगाे फैलन नदिन रोकिएको छ । तर, आगो पूरै नियन्त्रणमा नआएको एसपी थापाले जानकारी दिए ।

घरभित्र इन्भर्टर देखिएकाले विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । करिब सात करोडको क्षति भएको बताइएको छ । छिमेकी घर भत्काएर सुरक्षित बनाइएको छ । 

आगो निभाउन धरान, इटहरी, बराहक्षेत्र र दुहवीबाट दमकल पुगेका थिए । सशस्त्र, जनपथ, नेपाल प्रहरी र स्थानीयले आगो निमाउने प्रयास गरिरहेका छन् । हनुमान वस्त्रालय इनरुवाको ठूलो वस्त्रालय हो ।