मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ३२ आइतबार ०८:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पर्वतमा पहिरो : आठको शव भेटियो, एकजना अझै बेपत्ता (अपडेट)

Read Time : < 1 मिनेट
२०७७ जेठ ३२ आइतबार ०८:४४:००

पर्वतको कुस्मा नगरपालिका-३ दुर्लुङको ढकालबारीमा शनिबार राति परेको भीषण वर्षासँगै बस्तीमाथिबाट आएको पहिरोले घर पुरिँदा आठजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । 

शनिबार राति तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार बिहान थप पाँचजनाको शव फेला परेको केवलजंग गुल्मका गुल्मपति अर्जुन दुलालले जानकारी दिए । शनिबार राति पहिरोले पुरिएका दीपा थापा र कमला विकको शव भेटिएको हो ।

यसअघि शनिबार साँझ पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको थियो । उद्धारका क्रममा पहिराेमा पुरिएर बेपत्ता भएका थप तीनजना सम्राट थापा, विवेक थापा, जेनिसा विककाे पनि शव फेला परेकाे छ । अझै जेनिसाका भाइ जेनिस विक बेपत्ता छन् । 

पहिरोमा पुरिएकाको खोजी कार्य जारी छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।