मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ३१ शनिबार २१:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

पिसिआर रिपाेर्ट आउन ढिला भएको भन्दै क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ जेठ ३१ शनिबार २१:५४:००

क्वारेन्टाइनमा बसेको २० दिनसम्म पनि पिसिआर रिपाेर्ट नआएको भन्दै रौतहट राजपुर नगरपालिका– १ स्थित क्वारेन्टाइनमा बसेका युवाले शनिबार सडक अवरुद्ध गरेका छन् । राजपुरका तीनवटा क्वारेन्टाइनमा बसेका तीन सय पाँचजनाको एक साताअघि स्वाब संकलन गरिए पनि पिसिआर रिपोर्ट नआएपछि उनीहरू आन्दोलित भएका हुन् । 

उनीहरू क्वारेन्टाइनमा बसेको २० दिन भए पनि स्वाब संकलन गरेको भने एक साताअघि हो । 

रिपोर्ट आउन ढिला भएपछि उनीहरू विरोधमा उत्रिएको वडाध्यक्ष शेख अरिरुल्लाहले बताए । उनीहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । क्वारेन्टाइनमा बसेकाहरूले प्रहरीमाथि ढुंगामुढा गर्दै क्वारेन्टाइनबाट बाहिरिएपछि अश्रुग्यास र हवाईफायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए । प्रहरीले १४ सेल अश्रुग्यास र दुई राउन्ड हवाईफायर गरेको छ । प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी हवल्दार सुबोधसिंह घाइते भएका छन् । क्वारेन्टाइनबाट भागेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमै पुऱ्याएको छ ।