नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशित गर्नुको साथसाथै भारतसँग संवादको पहल बढाउनुपर्ने बताएका छन् ।
नेपालले वार्ताको प्रस्ताव अघि बढाउँदा त्यसमा तत्परता देखाउनुको सट्टा भारतले त्यही भूमिबाट मानसरोवरसम्म जाने बाटोको उद्घाटन गरिदिँदा नेपालको राष्ट्रिय भावनालाई चुनौती दिएजस्तो महसुस भएको उनले बताए ।
प्रतिनिधिसभा बैठकमा शनिबार उनले भने, ‘प्रधानमन्त्रीले ड्राफ्ट गरेको डिप्लोम्याटिक नोट मलाई पनि पढ्ने अवसर प्राप्त भयो । त्यो जिम्मेवारपूर्ण भाषामा दह्राेसँग वार्ताको निम्ति अपिल गरिएको छ । प्रधानमन्त्री लेभलमा त राजनीतिक वार्ता हुन सक्छ, तर हाम्रो जोइन्ट कमिटी तहमा गम्भीर वार्ता गरेर यो समस्या समाधान गर्नुपर्छ भनेर लेखिएको थियो । र, मलाई विश्वास थियो छिटै वार्ता हुन्छ । नक्सा प्रकाशित हुनुभन्दा अगाडि नै वार्ता भएर समस्याको समाधान भयो भने त्यो धेरै राम्रो कुरा हो । त्यसका विकल्पहरूमाथि छलफल सुरु भए त्यो ऐतिहासिक हुन्छ भन्ने मेरो विश्वास पनि थियो ।’
तैपनि वार्ताको प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । वार्ता हुनेको सट्टा त्यही विवादित भूमिबाट लकडाउनका वेला बाटो उद्घाटन हुँदा सबैलाई उद्वेलित र तरंगित भएको उनको भनाइ थियो ।
‘वार्ताका निम्ति तत्परता देखाउनुको सट्टा त्यही भूमिबाट मानसरोवरसम्म जाने बाटोको उद्घाटन गरिदिँदा हामी सबैलाई झनै उद्वेलित र तरंगित बनाइदियो,’ उनले भने, ‘नेपालको राष्ट्रिय भावनालाई चुनौती दिएजस्तो महसुस भयो ।’
थप समाचार
नेपालको स्वाधिनतालाई सुदृढ गर्ने महान् अभियानको क्रममा यहाँ आइपुगेका छौँ : प्रचण्ड
भूमि फिर्ता ल्याउने विषय हाम्रो सामूहिक विवेकको प्रतिफल हो : प्रचण्ड
भारतसँग दुश्मनी चाहेका छैनौँ : प्रचण्ड
नेपालको स्वाधीनतालाई सुदृढ गर्ने महान् अभियानको क्रममा यहाँ आइपुगेका छौँ : प्रचण्ड
विवादित भूमिलाई भारतले नयाँ नक्सामा समावेश गरेपछि हामीलाई झस्क्यायो : प्रचण्ड
राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता लिने गौरव संसद्लाई मिल्यो : प्रचण्ड