मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३१ शनिबार १३:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीले जारी गऱ्यो ह्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३१ शनिबार १३:२६:००

समाजवादी पार्टीको संसदीय दलले संविधान संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

समाजवादी पार्टीको शनिबार बसेको संसदीय दलको बैठकमा नेपालको नयाँ नक्साको पक्षमा उभिने निर्णय गरेको सो पार्टीका सांसद प्रदीप यादवले बताए । 

उनका अनुसार बैठकले सरिता गिरीलाई आफ्नो प्रस्ताव फिर्ता लिन पनि निर्देशन दिएको छ । गिरीले नयाँ नक्साका लागि दर्ता भएको संविधान संशोधनमाथि संशोधन प्रस्ताव राखेकी थिइन् । 

यसैगरी राजपा संसदीय दलकाे बैठकले पनि संविधान संशाेधनकाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे साे पार्टीका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । 

यी दुवै पार्टी एकीकरण भएर जनता समाजवादी गठन भए पनि संसदमा अलग अस्तित्वमा नै छन् ।