मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ ३१ शनिबार ११:४२:००
Read Time : > 1 मिनेट
समाचार

मुगु–हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोलियो

Read Time : > 1 मिनेट
२०७७ जेठ ३१ शनिबार ११:४२:००

मुगु हुम्ला जोड्ने लिकं रोड निर्माणका जिम्मा लिएको बेलायतको अन्तराष्ट्रिय विकास नियोग डिएफआईटीले  ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको हो ।  ६७ किलोमिटर लामो यो सडक खण्डको मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउली जोड्ने लिंक रोडको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो । 

दुई जिल्ला जोड्ने लिंक रोड निर्माण पश्चात ग्रामीण भेगका नागरिकहरुलाई आवत–जावत गर्न सहज हुने भएको छ । २०१८ मा सुरु गरिएको लिक रोड निर्माण कार्य दुई वर्षभित्रै ट्रयाक खोल्ने कार्य सम्पन्न भएको ग्रामीण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्ठले जानकारी दिए । दुई वर्षको अन्तरालमा ६७ किलोमिटर सडक निर्माणको ट्रयाक खोल्ने कार्य भएको र कोभिड–१९ को संक्रमणले दशै भित्रै लिंक रोड निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि केही ढिलो हुने आयोजना फिल्ड व्यवस्थापक विष्ठले नयाँ पत्रिकासँग भने । 

 

 

सल्लीसल्ला देखि चंखेली गाउँपालिकाको देउलीसम्म मुगु–हुम्ला लिकं रोडको ट्रयाक खोल्नु भन्दा पहिला १४.६ किलोमिटर सडक निर्माण भइसकेको र अब ६७ किलोमिटर मुगु –हुम्ला जोड्ने ट्रयाक खोल्ने काम सकिएको आयोजना फिल्ड व्यवस्थापक विष्टको भनाई छ । सडक निर्माणमा समुहहरु विभाजित ६४ वटा समुह मध्ये ५४ वटा सडक निर्माण समुह मुगु र १० वटा समुह हुम्ला परिचालित छन् विष्ठले भने । सडक निर्माण कार्यमा १ हजार २ सय ८० जना जनशक्ति  परिचालित भएका छन् ।  

चार वटा पुल निर्माण हुन बाँकी
मुगु–हुम्ला जोड्ने लिंक  रोडको ट्रयाक खोल्ने कार्य सकिएपनि चार ठाउँमा पुल निर्माण हुन बाँकी छ । मुगुको लुमखोला,मुगुकै दर्केखोला,र हुम्लाकोे लेवराखोला,र लोती नदीमा पुल निमार्ण हुन बाँकी रहेको ग्रामीण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्टले बताए ।

 

 

 चार स्थानमा पुल निर्माण भएपछि र सल्लीसल्लामा २०देखि २५ मिटर सडक निर्माण कार्य सकिने बित्तिकै कर्णाली राजमार्गबाट मुगु हुँदै हुम्लाको सर्केगाडसम्म सडक सञ्चालन हुने विष्टले बताए । ट्रयाक खोलिएको सडकको चौडा ५ मिटर हुनेछ । मुगु–हुम्ला लिंक रोड निर्माणमा बेलायत सरकारको २ अर्व २४ करोड लागतमा सडक निर्माण हुन लागेको हो ।