मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ३१ शनिबार १०:५३:००
Read Time : < 1 मिनेट
समाचार

माइतीघरमा युवाको प्रदर्शन : जेलको धम्की नदेउ ओलीज्यू, १० अर्ब खै ? (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ ३१ शनिबार १०:५३:००

काठमाडाैंकाे माइतीघर मण्डलामा सरकारविरुद्ध शनिबार पनि युवाहरुले प्रदर्शन गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेकाे दश अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गर्दै  युवाहरूले प्रदर्शन गरेका हुन् ।

'जेलको धम्की नदेउ ओली ज्यू, तपाई १४ वर्ष बस्नु भो हामी पनि तयार छौ,' '१० अर्ब खै, सरकार,' 'आमाले भन्नुभा बेसार छैन, पिसिआर नै चाहिन्छ रे,' 'दुध माग खिर दिन्छौं, १० अर्ब पचाउने सोच मात्रै चिरिदिन्छौं' लगायत नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका थिए । ्

सरकारले काेराेना राेकथामका १० अर्ब खर्च भएकाे बताएपछि खर्चकाे विवरण सार्वजनिक गर्न माग गर्दै युवाहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । राजधानीलगायत देशका विभिन्न स्थानमा युवाहरूकाे विराेध प्रदर्शन भइरहेकाे छ ।