मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नवीन झा काठमाडाैं
२०७७ जेठ ३० शुक्रबार १६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने जसपाको निर्णय

Read Time : < 1 मिनेट
नवीन झा, काठमाडाैं
२०७७ जेठ ३० शुक्रबार १६:३१:००

जनता समाजवादी पार्टी, नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको हो ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको जपसा पदाधिकारी बैठकले संशोधनसम्बन्धी प्रक्रियामा पक्षमा उभिने निर्णय गरेको हो ।

साेही पार्टीकी सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् । तर, जसपाले प्रस्ताव फिर्ता नलिए उनलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गिरीले नेपालको नयाँ नक्साका विषयमा आपत्तिजनक र विवादित बयान दिँदै आएकी छिन् । उनीमाथि कारबाही गर्न उनकै पार्टीभित्रबाटसमेत आवाज उठेको छ । 

संविधान संशाेधनमा राजपा र समाजवादीको भिन्दै प्रस्ताव दर्ता छ । अहिले संसदमा राजपा र समाजवादी भिन्दाभिन्दै अस्तित्वमा छन् । दुवै दलले यसबारे भिन्दै निर्णय लिनेछन् ।

यता जेठ १९ मा राजपा र समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो संशोधन विधेयक) संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए ।

२३ बुँदे विधेयकमा यसअघि संविधान निर्माणका बखतदेखि नै मधेसकेन्द्रित दलहरूले उठाउँदै आएका विषय छन् । नागरिकता, भाषा, प्रदेशको सीमांकन हेरफेरका लागि आयोग गठन, राष्ट्रिय सभाका लागि निर्वाचन प्रणालीमा संशोधनको प्रस्ताव छ ।

राजदूतलगायत संवैधानिक नियुक्ति समावेशी र समानुपातिक हुनुपर्ने माग छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्न माग गरिएको छ ।