मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ जेठ ३० शुक्रबार १३:२५:००
Read Time : < 1 मिनेट
समाचार

रुकुम पश्चिममा रोकियो स्वाब संकलन

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ जेठ ३० शुक्रबार १३:२५:००

रुकुम पश्चिममा केही समय स्वाब संकलन नहुने भएको छ । 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले परीक्षण गर्नुपर्ने स्वाबको धेरै नमुना थन्किएकाले केही समय स्वाब संकलन नगर्न भनेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

धेरै स्वाब थन्किँदा पालो आउन ढिलाइ भइरहेका वेला निर्देशनालयले स्वाब संकलन बन्द गर्न मौखिक निर्देशन दिएको कार्यालयको भनाइ छ । 

परीक्षण गर्नुपर्ने स्वाबको चाप घटेपछि पुनः स्वाब संकलन सुरु हुने स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । 

उनका अनुसार जिल्लाबाट परीक्षणका लागि पठाइएका एक हजार एक सयभन्दा बढी स्वाबको रिपोर्ट आउन बाँकी छ । 

गत शनिबार जिल्लाका पाँच स्थानीय तहबाट पठाइएको सात सय ७५ जनाको स्वाबमध्ये ६ सय २५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । 

त्यसैगरी जिल्लाको चौरजहारी नगरपालिकाबाट पठाइएको चार सय ४८ जना र आठबिसकोट नगरपालिकाबाट पठाइएको ५२ जनाको गरी पाँच सय स्वाब नमुना परीक्षणका लागि पालो कुरिरहेका छन् ।

कुल एक हजार एक सय २५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।  

जिल्लामा अझै ठूलो संख्यामा भारत तथा देशका विभिन्न ठाउँबाट आएका व्यक्ति स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसिरहेका छन् । 

केही रिपोर्ट आउने दिन कुरिरहेका छन् भने केही स्वाब संकलनको पालो कुरेर बसिरहेका छन् । 

पिसिआरको रिपोर्ट आउन ढिलाइ हुँदा स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको छ ।