१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २९ बिहीबार २२:१६:००
Read Time : < 1 मिनेट
समाचार

राप्रपाद्वारा तीन सय २७ सदस्यीय केन्द्रीय समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २९ बिहीबार २२:१६:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन सय २७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको सहमतिमा केन्द्रीय समिति गठन भएको राप्रपाले जनाएको छ ।

यस्तै ८२ सदस्यीय कार्य सम्पादन समिति पनि गठन भएको छ । राप्रपाले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

१३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति पनि गठन भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था राप्रपाले गरेको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्य रहनेछन् ।